समीट लघुवित्त Summit Micro Finance Development Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आफ्नो २७ औ साधारणसभा पुस २७ मा गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभा बिर्तामोडको अग्रसेन भवनमा बिहान ८:३० बजे सुरु हुनेछ ।
साधारणसभामा संचालक समितिले निर्णय गरे बमोजिमको २३.५३ प्रतिशत बोनस शेयर र २१ लाख ५ हजार २ सय ६३ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीको लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् साधारणसभाका अन्य प्रस्तावहरु ।