नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 11:02:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited को लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले पौष २० गते १२ औं साधारणसभा आव्हान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पौष ५  गतेदेखि पौष २० गतेसम्म शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएकोले आज पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्ने छन्  ।

कम्पनीले १५ प्रतिशत बोनस र ५.७९ प्रतिशत (बोनस शेयरमा लाग्ने कर सहित) लाभांश प्रस्ताव गरेको छ | त्यस्तै साधारणसभाको अन्य प्रस्तावहरुमा लेखापरीक्षको नियुक्ति, सर्वसाधारणका तर्फबाट एक जना संचालकको  निर्वाचन,  वार्षिक प्रतिवेदन तथा नाफा-नोक्सान हिसाब आदि रहेका छन् |  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved