सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 12:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ९.३० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले ४ प्रतिशत बोनस शेयर र ५.३० प्रतिशत नगद लाभांश गरी कुल ९.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड ६३ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ६० करोड ६६ लाख पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved