शेयरबजार अध्ययन गरेर समितिले बुझायो प्रतिवेदन, सुझाव तत्काल कार्यन्वयन गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 07:39:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी सुझाव पेस गर्न गठित समिति (कार्यदल) ले अर्थमन्त्री समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी समस्याको पहिचान गरी र तिनको समाधानका लागि सुझाव दिने जिम्मेवारी पाएको थियो । 

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा रहेको समितिले बुधबार बेलुका अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो  समिति सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित थिए।

प्रतिवेदनमा के के समेटिएका छन् भन्ने बारे केहि खुलाईएको छैन । समितिमा रहेका नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेलले आफुहरुले उठाएको ९० प्रतिशत सुझाव समेटिएको बताए  । 

बुधबार अर्थ मन्त्रालयले एक बिज्ञप्ति जारि गर्दै प्रतिवेदन तत्काल कार्यन्वयन हुने बताएको छ  । मन्त्रालयले आज नै बसेको उच्च स्तरित वित्तीय क्षेत्र समन्वय समितिको बैठकले प्रतिवेदनमा रहेका सुझावहरु तत्काल कार्यन्वयन गर्न सम्बन्धित निकायमा पठाउने निर्णय भएको जानकारी पनि गराएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved