आँखुखोला हाइड्रोको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 10:50:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आँखुखोला हाइड्रोपावर कम्पनीको ८० लाख कित्ता साधारण शेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको शेयर  सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै कम्पनीको शेयर कारोबार पनि खुला भएको छ । कम्पनीको AKJCL सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ६८.९० देखि २०६.७० सम्मको सुरुवाती रेन्ज तोकेको छ ।  नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्म रेन्ज तोक्ने गरेको छ । 

 कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओ कार्तिक ११ गते बाँडफांड भएको थियो । 

शेयर बाँडफांड भएको झन्डै २ महिनापछि कम्पनीको कारोबार खुलेको हो  ।  

यो पनि : 

आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, ६१ जनाको आबेदन रद्द हुँदा कतिले पाए शेयर ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved