१ बाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 10:43:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस ९ गते सोमबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

एनएमवि बैंक

एनएमवि बैंक NMB Bank Limited ले पौष २६ गते २३ औं वार्षिक साधारणसभा आव्हान गरेको छ साधारणसभा आर्मी अफिसर्स क्लव, भद्रकालीमा हुँदैछ कम्पनीले साधारणसभामा २० प्रतिशत नगद र १० प्रतिशत बोनस लाभांश प्रस्ताव गरेको छ त्यस्तै अन्य प्रस्तावहरुमा लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन, संचालकको सुविधा वृद्धि तथा नाफा-नोक्सान हिसाब आदि रहेका छन् कम्पनीले साधारणसभा प्रयोजनको लागि भोलि पौष १० गतेदेखि पौष २६ गतेसम्म शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ  । आज पौष ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य ३ सय ९२ रहेको छ  ।

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले पौष २१ गते ८औं वार्षिक साधारणसभा आव्हान गरेको छ । साधारणसभा मिरावल रिसोर्ट एण्ड होटेल, धुलिखेलमा हुँदैछ । कम्पनीले साधारणसभामा २४ प्रतिशत बोनस शेयर लाभांश प्रस्ताव गरेको छ ।त्यस्तै अन्य प्रस्तावहरुमा लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार, बोनस शेयरपछि कायम पूँजीमा २ बराबर १ हकप्रद, गाभ्ने/गाभिने वा प्राप्ति लगायत रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि भोलि पौष १० गतेदेखि पौष २१ गतेसम्म शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ  । आज पौष ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्नेछन । कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य १२ सय ३५ रहेको छ | 

स्वावलम्वन लघुवित्त

स्वावलम्वन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha Limited ले पौष २६ गते १७औं वार्षिक साधारणसभा आव्हान गरेको छ । साधारणसभा आम्रपाली ब्यांक्ववेट, भाटभटेनीमा हुँदैछ  कम्पनीले साधारणसभामा ११.८४ प्रतिशत नगद र २५ प्रतिशत बोनस लाभांश प्रस्ताव गरेको छ । त्यस्तै अन्य प्रस्तावहरुमा लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन तथा नाफा-नोक्सान हिसाब, संस्थापक र सर्वसाधारणतर्फको शेयर अनुपात ५१:४९ प्रतिशत कायम गर्न रु.१०,४८,१४,८०० बराबरको थप शेयर (एपपिओ) जारी गर्ने, सर्वसाधारणतर्फबाट रिक्त रहेको संचालक पदमा बाँकी अवधिको लागि नियुक्त गर्ने आदि रहेका छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि भोलि पौष १० गतेदेखि पौष २६ गतेसम्म शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ  । आज पौष ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य ११ सय ६ रहेको छ | 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved