लगानीकर्ताको माग सम्बोधन हुने गरी राष्ट्रबैंकको नयाँ निर्देशन, यस्ता छन् मुख्य ५ बिषय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 01:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मुद्रा तथा पुंजीबजारको बिषयमा सुझाव दिन गठित समितिले दिएका सुझावहरु कार्यन्वयनको प्रक्रिया सुरु भएको छ । यसै क्रममा बुधबार नेपाल राष्ट्र बैंकले पुंजी बजार सुधारको लागि विभिन्न निर्देशन जारि गरेको छ ।

जस अनुसार राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भारलाई १५० प्रतिशत बाट घटाएर १०० प्रतिशतमा झारेको छ  । त्यस्तै राष्ट्र बैंकले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म शेयर धितो कर्जा दिन सक्ने ब्यबस्था गरेको छ  । यस अघि प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकने ब्यबस्था थियो  । यसरी कर्जा प्रदान गर्दा बैंक त्तहा वित्तीय संस्थाले एउटा सुचिकृत कम्पनीको शेयरको हकमा आफ्नो प्राथमिक पुंजीको बढीमा १० प्रतिशत ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्ने छ  । 

धितोपत्र बोर्डको नीति निर्देशन अनुसार दलालबाट मार्जिन कर्जा दिन सक्ने ब्यबस्था मिलाईएको पनि राष्ट्र बैंकले जनाएको छ ।  

त्यस्तै बाणिज्य बैंकले कम्तिमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनी खोलेर ब्रोकर सेवा सुरु गर्नको लागि पनि नीतिगत ब्यबस्था गरेको छ  ।  यी सहायक कम्पनीले आफ्नो वा आफ्नो मुख्य कम्पनीले जारि गरेको शेयर कारोबार गर्न सक्ने छैनन् ।  

कर्जाको आधार दर गणना गर्दा सम्पतिमा प्रतिफल वापत ०.७५ प्रतिशत लिने ब्यबस्था रहेकोमा राष्ट्र बैंकले यसलाई हटाएको छ  ।


हेर्नुस निर्देशनको पूर्ण पाठ   ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved