साधारणसभा बिना नै बोनस शेयर दर्ता !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 12:12:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७४/७५ को साधारणसभा नै नभएको कम्पनीको बोनस शेयर सूचीकरण भएको छ। यसरी साधारणसभा नै नगरी बोनस शेयर दर्ता गराउने वुटवलमा रहेको जनउत्थान लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  हो। कम्पनीका क्रमसंख्या २,४०,००१ देखि २,८८,००० सम्मका ४८ हजार कित्ता बोनस शेयर सूचीकरण भएका छन्। 

कम्पनीको गत वर्ष पौष २० गते सम्पन्न आर्थिक वर्ष २०७३/७४ को ७औँ वार्षिक साधारणसभाबाट २० प्रतिशत बोनस शेयर पारित गरेको थियो । उक्त सभाले पारित गरेको बोनस शेयर झन्डै १ वर्षपछि २०७५ मंगसिर २८ गते धितोपत्र वोर्डमा दर्ता गराएको थियो। सोहि बोनस शेयर आज पौष १२ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ

कम्पनीले आव २०७४/७५ को लाभांश समेत घोषणा अहिलेसम्म गरेको छैन तर वोर्डमा बोनस शेयर दर्ता गराउँदा भने आर्थिक वर्ष २०७४/७५ भनेर गराएको छ । बोनस शेयर दर्ता गर्ने वोर्डले पनि कुन वर्षको दर्ता गरेको हो भन्नेसम्म ख्याल गर्न सकेको छैन

आज  मेरो माइक्रोफाइनान्सको ४ लाख २९ हजार कित्ता बोनस शेयर पनि सुचिकृत भएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved