चौथो पटक ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया, कति दिन्छ ब्याज ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 12:53:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले चौथो पटक ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ४ अर्ब रुपैयाको बराबरको ऋणपत्र निष्काशनको अनुमति माग गर्दै मंसिर २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

बोर्डबाट अनुमति पाएपछि बैंकले एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये २० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्। बाँकि ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ  । 

'१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६' नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न बैंकले नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एनआईसी एशियाले यसअघि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved