प्रादेशिक स्तरका बैंक तथा वित्तीय संस्थाको न्युनतम पुंजी तोकियो, मर्जलाई प्राथमिकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 01:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय र प्रादेशिकस्तरका बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने न्युनतम चुक्ता पूँजी तोकेको छ | राष्ट्र बैंकले प्रादेशिक संरचना अनुसार प्रदेश भित्र कार्य क्षेत्र कायम रहने बैंक तथा वित्तीय संस्थाको लागि नयाँ चुक्ता पुंजी तोकेको हो ।

जस अनुसार ‘ख’ वर्गका राष्ट्रियस्तरका बैंकहरुले न्युनतम २ अर्ब ५० करोड चुक्ता पुंजी कायम गर्नुपर्ने छ । प्रादेशिस्तरका बैंक हुनको लागि ‘ख’ वर्गका बैंकहरुले न्युनतम १ अर्ब २० करोड पुंजी कायम गर्नु पर्ने छ । त्यस्तै ८० करोड चुक्ता पुंजी भएका ग वर्गका वित्तीय संस्था राष्ट्रियस्तर हुनेछ भने प्रादेशिकस्तरका ‘ग’ वर्गका वित्तीय संस्थाले न्युनतम ५० करोड चुक्ता पुंजी कायम गर्नु पर्ने छ ।

तोकिएको चुक्ता पुंजी कायम नगरेसम्म यी बैंक तथा वित्तीय संस्थाले हाल कै कार्यक्षेत्रमा मात्र काम गर्नु पर्ने छ । एक भन्दा बढी प्रदेशमा शाखा भए त्यस्ता शाखा २०७७ असार भित्र बन्द वा स्थानानातरण गरि एकै प्रदेशमा सिमित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चुक्ता पुंजी पुर्याउने क्रममा मर्जलाई पहिलो प्राथमिकता दिन समेत् राष्ट्र बैंकले निर्देशन दिएको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved