१ बाणिज्य बैंकसहित ६ कम्पनीको शेयर मूल्य समायोजन , कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 12:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले ६ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।   साधारणसभाको लागि बुक क्लोज गरेका कम्पनीले दिने बोनसको आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले एक वाणिज्य बैंक, चार माइक्रोफाइनान्स र एक फाइनान्सको शेयर मूल्य समायोजन गरेको हो ।

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को १६ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको कम्पनीको मूल्य २ सय ७९ रुपैयाँ ३१ पैसा कायम भएको छ । कम्पनीको आधार मूल्य ३ सय ३४ रुपैयाँ १६ पैसा कायम भएको छ।

त्यस्तै काबेली विकास बैंक Kabeli Bikas Bank Limited  को ३५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको छ। समायोजनपछि बैंकको मूल्य २ सय ४० रुपैयाँ ७४ पैसा कायम भएको छ । बैंकको आधार  मूल्य ३ सय ६१ रुपैयाँ ८७ पैसा कायम भएको छ।

फरवार्ड माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha Limited को २५ प्रतिशत बोनसपछि मूल्य समायोजन गरेको छ। बैंकको समायोजनपछिको मूल्य १ हजार ४ सय ८७ रुपैयाँ २० पैसा तोकिएको छ भने आधार मूल्य १ हजार २ सय ८१ दशमलब ९४ रुपैयाँ कायम भएको छ ।

 आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited को १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य  ३ सय ९८ रुपैयाँ १८ पैसा कायम भएको छ भने कम्पनीको आधार मूल्य ५ सय ८९ रुपैयाँ ७८ पैसाकायम भएको छ । 

एनएमबी माइक्रोफाइनान्स NMB Microfinance Bittiya Sanstha Limited  को १५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको शेयर मूल्य  १ हजार १ सय ६१ रुपैयाँ ७४ पैसा कायम भएको छ भने आधार मूल्य  १ हजार ३ सय ९ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

सिर्जना फाइनान्स Srijana Finance Limited को १५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको छ।  समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३२ रुपैयाँ १७ पैसा कायम भएको छ भने कम्पनीको आधार मूल्य २ सय ८० रुपैयाँ ९ पैसा कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved