दोहोरो अंकले घट्यो सूचक, कमाउनेमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 04:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ   । आज नेप्से १०.६२ अंकले घटेर १२०४.५४ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६८ कम्पनीका १२ लाख ३६ हजार ३ सय ४३ कित्ता शेयर खरिद बिक्रिबाट ४५ करोड ४२ लाख ८४ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको छ  ।  

आज नेपाल लाइफको सर्बाधिक ३ करोड ८४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, नागरिक लगानि कोष, नेशनल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक लगायत रहेका छन्  ।   

 घटेको बजारमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.४३ प्रतिशत कमाएका छन्  ।  अन्य बढी कमाउनेमा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनी रहेका छन् । यस्तै कावेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.४४ प्रतिशत गुमाएका छन्  ।  अन्य बढी गुमाउनेमा नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पािवर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल बङ्गलादेश बैंकका शेयरधनी रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved