महुली लघुबित्तको हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 08:29:36 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले (Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited )ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले मंगसिर १९ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले।  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद अर्थात ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गरेको  हो । 

कम्पनीले शेयर निष्काशन गर्नको लागि कार्तिक २८ गते बुक क्लोज मिति तय गरेकोले कार्तिक २७ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले सनराइज क्यापिटलको कार्यालय, महुली लघुवित्तको कार्यालय, आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर अनलाइन मार्फत हकप्रद आवेदन बुझाउन सक्ने छन्  ।

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  ५० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड र  ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवितको चुक्ता पुंजी ९ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved