नियम बिपरित लगानी गर्ने क्यापिटललाई ८ महिनापछि कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 11:53:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नियम पालना नगरेको भन्दै बिभिन्न चार योजना व्यवस्थापक (क्यापिटल) लाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेको छ। यसरि कारबाहीमा पर्नेमा एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल र एनआईसी एसिया क्यापिटल रहेको धितोपत्र बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा क्यापिटलले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।  

लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐन 'सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ)' को व्यवस्था बिपरित लगानी गरेकाले उनीहरुलाई कारबाही गरिएको हो।  

प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको छ। यस्तो कारबाहीले धितोपत्र व्यवसायीहरुको नियमपालनाको अवस्था मजवुत हुन गई स्वस्थ एवं व्यवस्थित वजारको विकास हुने वोर्डले अपेक्षा गरेको छ। 

बिजपाटी डटकमले करिब ८ महिनाअघि म्युचुअल फण्डहरुले स्थापनाको उदेश्य बिपरित लगानी गरेको पाएपछि 'नियम बिपरित लगानी गर्दै म्युचुअल फण्ड, नियमावलीकाे धज्जी उडाईदा नियामक किन मौन?' भन्ने शिर्षकमा समाचार लेखेको थियो। त्यो बेला धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले यससम्बन्धि स्थलगत अनुसन्धान थाल्ने र नियम बिपरित गरेको पाईए कारबाही हुने बताएका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved