सेयरबजारका नियामक: कसुर उस्तै तर कसैलाई सुली कसैलाई चौतारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 12:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नागवेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank Limited , मन्जुश्री फाइनान्स Manjushree Finance Limited  र लाइफ इन्सुरेन्स Life Insurance Corporation Nepal Limited  यी तीनवटा कम्पनी फरक-फरक क्षेत्रका भए पनि केहि समानता पनि छ | यी तिनै वटा कम्पनी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुनु एउटा समानता हो भने यी तिनै कम्पनीले पछिल्लोपटक मूल्य संवेदनशील सूचना संशोधन गरेका छन् | 

लाइफ इन्सुरेन्सले गत साउनमा ३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको ३ महिना पछि लाभांश संशोधन गर्दै १२ प्रतिशतमा झार्यो। त्यस्तै मन्जुश्री फाइनान्सले पनि असोजमा घोषणा गरेको ९ प्रतिशत लाभांशलाई संशोधन गर्दै २.९ प्रतिशतमा झार्यो| यहि सिलसिला पछिल्लोपटक नागवेली लघुवित्तले पछ्याउँदै पूर्व घोषित १६.११ प्रतिशत लाभांश संशोधन गरि ९.३८ प्रतिशतमा झार्यो| 

एकपटक घोषणा गरिएको मूल्य संवेदनशील सूचना सशोधन गर्ने कार्य धितोपत्र कानुन अनुसार दण्डनीय कसूर हो | दण्डनीय कसूर हुँदाहुँदै पनि यसरी सूचना संशोधन गर्ने प्रवृति घट्दो हैन बढ्दो क्रममा रहेको माथि उल्लेखित घटनाक्रमले देखाएको छ |

निरिह नियामक 

मूल्य संवेदनशील सूचना संशोधन गर्ने कार्यलाइ निरुत्साहित (निषेध) गर्ने कार्यमा धितोपत्रबजारको सर्वोच्च नियमक धितोपत्र वोर्ड र धितोपत्र बजार संचालक नेपाल स्टक एक्सचेन्ज दुबै निरिह देखिएका छन| सुशासन र शुद्ध सुचनाको लागि हरदम लागिरहनु पर्ने जिम्मेवारी लिएका यी २ संस्थाको गैरजिम्मेवारीपनाले लगानीकर्ताको हित संरक्षणमा प्रश्न उठेको छ | यी २ निकाय आफैँ सक्रिय हुनुपर्नेमा सक्रियता नदेखाउनु धितोपत्र बजारको लागि शुभ समाचार हैंन | नियमन गर्ने यी २ निकाय त वेजिम्मेवार बनिरहेको बेला कारोबारीबाट नेता बनेका पनि चुपचाप देखिनु अर्को आश्चर्यलाग्दो कुरा बनेको छ | शेयरबजारमा सुधार यस्तै गतिविधि नियन्त्रण र निषेधबाट शुरु हुन्छ | सरकारले यसो गरेन वा उसो गरेन भन्ने मात्र विषय शेयरबजारको सुधारको विषय हुनसक्दैन | नेप्से र वोर्डले यस्ता कम्पनीका संचालकलाइ व्यक्तिगतरुपमा कसूरदार ठहर गर्ने परिपाटीको शुरुवात नभएसम्म बजारमा सुधारको प्रक्रिया शुरु हुन्न भन्ने शेयरनेताले बुझ्नु जरुरी हुन्छ | 

ऋण लिएर लगानी गर्दैमा र सामाजिक संजालमा बैंक/वित्तलाई गाली गर्दैमा बजार सुधार हुनसक्दैन | यसका लागि लगानीकर्ताले जोसुकै कम्पनीले धितोपत्र कानुन र लगानीकर्ता हित विपरित कार्य गर्नेलाई सजायको कठघरामा उभ्याउन पहल गर्ने र सुचनाको आधारमा गरेको लगानीबाट परेको मर्काको पनि सुनुवाई गरि त्यसबाट भएको क्षतिको पूर्ति माग्नुपर्छ | तर शेयरबजार ‘सुधार’ को कुरा गर्दै नेता बनेका पनि यस मामलामा जिम्मेवार देखिनबाट चुकेका छन|

मन्जुश्री मात्र किन ?

मूल्य संवेदनशील सूचना संशोधन गरेको कारण मन्जुश्रीको कारोबार नेपाल स्टक एक्सचेन्जले रोक्का राखेको छ | तर मन्जुश्रीकै जस्तो गतिविधि गर्ने नागवेली र लाइफ इन्सुरेन्सले भने उन्मुक्ति पाएका छन् | कारोबार रोक्का रहेकै अवस्थामा पुष १६ गते मन्जुश्रीले साधारणसभा सम्पन्न गरेको छ | साधारणसभा नै सम्पन्न गरिसकेपछि कारोबार रोक्का राख्नु औचित्यहीन भइसकेको छ |

कारोबार रोकिएको बेला साधारणसभा गर्न हुने वा नहुने भन्ने विषयमा नेप्से र धितोपत्र वोर्डले कुनै निश्चित कानूनी व्यवस्था गरेका छैनन् | यस्ता घटना बारम्बार दोहोरिरहँदा पनि तालुकी अड्डा समेत चुपचाप बसेका छन् |

उस्तै प्रकृतिका घटना हुँदा एउटा कम्पनीको कारोबार रोक्का हुने अर्कोको नहुने द्वैध व्यवस्था गर्न नेप्से र वोर्डले मिल्ने कि नमिल्ने प्रश्न खडा भएको छ| कारोबार रोकेर नागवेली र लाइफ इन्सुरेन्स दुबैलाई मन्जुश्री जस्तै व्यवहार गर्नुपर्नेमा तर यस्तो कुनै कार्य भएको छैन |

यथाशीघ्र कानुन बनाऊ

धितोपत्र वोर्ड र नेपाल स्टक एक्सचेन्जले सूचना संशोधन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने कार्यको लागि तत्काल कानुन बनाउनु अत्यन्त आवश्यक भइसकेको छ | अहिलेलाई प्रशासनिक निर्णय गरेर भए पनि अस्थायी प्रवन्ध गर्नु जरुरी भइसकेको छ | सूचना संशोधनको सिलसिला यतिमा टुंगिएको देख्ने दिन आओस |  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved