चन्द्रागिरि हिल्सले १५ लाख कित्ता आइपीओ बिक्रिमा ल्याउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 08:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सले साधारण सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनको प्रकृया अगाडी बढाउने भएको जनाइएको छ। 

उक्त प्र्स्ताब कम्पनीको पुष ३० गतेको बार्षिक साधारणसभाले पारित गरे पश्चात आइपीओ निष्काशन प्रकृया अघि बढ्ने चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। 

कम्पनीले चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने साधारण सेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्ने ढकालले बताए। 

विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत १ अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved