चौतारी लघुवित्तको १८ लाख कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 04:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा चौतारी लघुवित्त  Chautari Laghu Bitta Bittiya Sanstha Ltd  को शेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको १८ लाख ६० हजार कित्ता शेयर सुचिकृत भएको हो ।  बिहिबारदेखि कम्पनीको कारोबार सुरु हुनेछ  ।    

कम्पनीले मंसिर १९ गतेदेखि २३ गतेसम्म  ६ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।   आईपिओमा कुल २ लाख ७३ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४७५ जनाको आवेदन रद्द भएको थियो  । शेयर पाउन योग्य २ लाख ७२ हजार ७ सय १७ आवेदक मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले समान १० कित्ताको दरले शेयर पाएका थिए ।   

आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुगेको छ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved