कमजोर ग्रेडका कम्पनीलाई आईपिओ निष्काशनमा बन्देजको संकेत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ्ग पाएका कम्पनीहरुलाई आईपिओ निष्काशन गर्न नदिने संकेत गरेको छ  । बोर्डले क्रेडिट रेटिङ्ग संस्थाबाट न्यूनतम ग्रेड भन्दा माथिल्लो ग्रेड वा रेटिङ्ग प्राप्त गरेका संगठित संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गर्ने बिषयमा निर्देशिकाको मस्यौदा तयार भएको जनाएको हो   ।

बोर्डले  यस्तो व्यवस्था गर्न धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिने संशोधनको मस्यौदा तयार गरी बोर्ड बैठकमा प्रस्तुत गरेको जानकारी दिएको हो  ।  यसलाई वैठकवाट प्रवलिकरण समितिमा अन्तिम रुप दिई शीघ्र पेश गर्नका लागि पठाइएको पनि बोर्डका प्रबक्ता निरज गिरिले बताएका छन् ।

 त्यस्तै बोर्डले तयार पारेको मस्यौदामा ऋणपत्रको  दोस्रो कारोवारलाई  विकास गर्न संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्री वितरण गर्नु पर्ने व्यवस्था गर्न, धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने र प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा प्रिमियम मूल्य संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणा भन्दा बढी नहुने गरी निष्काशन गर्न सक्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved