आगामी असारदेखि १ दिन मै कारोबारको राफसाफ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्न सुरु गरेको छ ।  बोर्डले  उक्त प्रतिवेदनमा उल्लेख भएका पूँजी बजारसँग सम्वन्धीत सुझावहरु मध्ये केही नयाँ नियामावली तर्जुमा गरेर, केही विद्यमान नियमावली र निर्देशिकामा संशोधन गरेर तथा केही सुझावहरु नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट कार्यान्वयन गर्नुपर्ने भएकोले त्यसको लागि कदम थालेको हो । 

जस अनुसार बोर्डले सिडिएसलाई २ बुंदे निर्देशन दिएको छ । 

यस्ता छन् बोर्डले नेप्सेलाई दिएको २ बुँदे निर्देशन  ।  

१. धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चित कोष (Settlement Guarantee Fund) स्थापना गर्ने व्यवस्था धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९मा गरि सकिएको हुँदा उक्त कोष तत्काल स्थापना गर्ने व्यवस्था गर्ने ।

२. शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्ज लि.को अनलाईन कारोबार प्रणाली (NOTS) पूर्ण रुपमा आबद्व भए पश्चात हाल कायम रहेको T+3 राफसाफ चक्रलाई २०७६ असार सम्ममा T+1 ल्याउने सम्बन्धमा धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ (विनियम १३) मा आवश्यक संशोधन गर्न अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने ।

यो पनि : 


पुँजीबजार सुधारको लागि बोर्डले नेप्सेलाई दियो ५ बुँदे निर्देशन



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved