कालिका लघुवित्तमा इन्साइड ट्रेडिङको आशंका, कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 11:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited  को कारोबार रोक्का गरेको छ। शेयर मूल्य लाई प्रभाव पार्ने  सूचना हरु निर्णय हुना साथ नेप्सेलाई उपलब्ध नगराएको भन्दै नेप्सेलाई लघुवित्तलाई कारबाही गरेको हो । 

 बुधबारको संचालक समितिको निर्णय भन्दै कम्पनीले ७५ प्रतिशत हकप्रद प्रस्तावको निर्णय बिहिबार नेप्सेलाई पठाएको थियो । तर नेप्सेले बैठक बसेको समय उल्लेख नगरेको भन्दै कम्पनीको कारोबार रोकेको हो ।  साथै नेप्सेले यस बिषयमा कम्पनीले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।   

कम्पनीले हकप्रद प्रस्ताव गर्दा इन्साईड ट्रेडिङको आशंका गरिएको छ ।  पुस २६ गते कम्पनीको शेयर मूल्य   ७ सय ४० रुपैयाँ रहेकोमा १५ दिनको अवधिमा कम्पनीको मूल्य ११ सय ४ सम्म पुगेको छ  ।   यस कारण पनि हकप्रदको सूचना पहिले नै चुहिएको आशंका गरिएको छ  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved