एभरेस्ट इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:11:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा मंसिर १६ गतेदेखि  संस्थापक शेयरधनीहरुको लागि १:१.०५ को अनूपातमा १०५ प्रतिशत हकप्रद निष्काशन गरेको हो  । कम्पनीले  १४ करोड ३ लाख ३२ हजार, ५ सय रुपैया बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता शेयर निष्काशन गरेको हो  । 

शेयर निष्काशनको लागि कम्पनीले सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । हकप्रदको लागि कार्तिक २७ गते बुक क्लोज भएकोले कार्तिक २६ गतेसम्म कायाम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन्  । लगानीकर्ताले यस हकप्रदमा आज पुस २२ गतेसम्म आवेदन दिन सक्ने छन्    ।  लगानीकर्ताले एभरेस्ट इन्स्योरेन्सको शाखा कार्यालयहरु, सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल र सम्पूर्ण सी आश्वा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्ने छन्  ।   

यस हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम हुनेछ ।  ५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ  । ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved