सिद्दार्थ बैंकको साधारणसभा आज, यस्ता छन् एजेण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 09:00:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक Siddhartha Bank Limited ले आज पुस २३ गते सत्रौं वार्षिक साधारण सभा गर्दै छ। बैंकको साधारणसभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे सुरु हुनेछ । 

साधारणसभामा बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीबार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव निर्णयार्थ पेश हुनेछ । त्यसैगरि साधारणसभाका अन्य एजेन्डामा सिद्धार्थ क्यापिटलको सहित बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संसोधन, संस्थागत सामाजिक उत्तरदायित्व वापत भएका खर्च अनुमोदन गर्ने लगायतका रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गरेकोले पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved