सकियो एनसीसी बैंकको लिलामको बोलपत्र खोल्ने काम, नागरिक लगानी कोषले पाएँन शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 12:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले लिलामीमा राखेको सम्पूर्ण शेयर खरिद गर्ने इच्छा देखाएको  नागरिक लगानी कोष Citizen Investment Trust ले माग अनुसारको शेयर नपाउने भएको छ । बैंकले पुस ११ गतेदेखि २० गतेसम्म संस्थापक तर्फको ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण तर्फको १३ लाख ९४ हजार १ सय ९८ कित्ता शेयर लिलाममा राखेको थियो । 

जसमा लगानी कोषले संस्थापक तर्फको सम्पूर्ण शेयर प्रति कित्ता १०१ रुपैयाँका दरले र सर्वसाधारण तर्फको सम्पूर्ण शेयर प्रति कित्ता १९१ रुपैयाँमा खरिद गर्नको लागि आवेदन दिएको थियो । तर कोषले सर्वसाधारणतर्फको शेयर नै नपाउने भएको हो   । सर्वसाधारण तर्फको शेयरको कटअफ मूल्य २०१ कायम भएको छ । कोषले प्रस्ताव गरेको मूल्य कट अफ भन्दा तल भएपछि कोषले शेयर नपाउने भएको हो ।  २०१ वा सो भन्दा माथि कबुल गर्नेले मात्र शेयर पाउने छन् ।  बिक्रि प्रबन्धक सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठले भने ' सर्वसाधारण तर्फ २०१ कट अफ तय भएको छ, २०१ मा कबुल गर्ने सबैले शेयर पाउने छन् तर माग अनुसार कै भने पाउदैनन्' । 

संस्थापक तर्फको शेयरमा १०१ रुपैयाँ कट अफ कायम भएको छ । जस अनुसार १०१ रूपैयाँ वा सो भन्दा माथि  आवेदन गर्ने साबिकको संस्थापकहरुले शेयर प्राप्त गरेका छन्। जस अनुसार नागरिक लगानी कोषले करिब ३५ लाख कित्ता संस्थापक शेयर प्राप्त गरेको छ। 

 संस्थापक समूहतर्फ १०१ रूपैयाँ प्रारम्भिक कटअफ भएको तर सर्वसाधारण तर्फ अझै धेरै बोलपत्र खोल्ने क्रम जारि रहेको क्यापिटलले जनाएको छ ।  सर्वसाधारण तर्फ धेरैले २०० भन्दा बढीको मूल्य कबोल गरेर आवेदन दिएकोले नागरिक लगानी कोषले शेयर नपाउन पनि सक्ने क्यापिटलका मर्चेन्ट बैंकिंग प्रमुख बिजेन्द्र प्रधानले बताए  ।  उनले भने 'बोलपत्र खोल्ने क्रम जारी छ, नागरिक लगानी कोषले शेयर नपाउने सम्भावना पनि छ, सबै बोलपत्र खोलेपछि मात्र प्रारम्भिक कट अफ मूल्य तय हुन्छ'  ।   उनले अहिले नै कोषले शेयर पाउछ वा पाउदैन भन्ने यकिन हुन् नसकिने बताएका हुन् ।   

बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेपछि नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved