स्पष्टीकरण सन्तोषजनक नभएपनि कालिका लघुवित्तले पायो उन्मुक्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 02:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited को शेयर कारोबार फुकुवा गरेको छ । यस अघि २ पटक सम्म कम्पनीलाई स्पष्टीकरण सोधेको नेप्सेले कम्पनीलाई कुनै कारबाही नगरी कारोबार फुकुवा गरेको हो । कम्पनीले दिएको स्पष्टीकरण सन्तोषजनक नहुदा नहुदै पनि नेप्सेले अब उपरान्त नियम बमोजिम काम गर्नको लागि सचेत गराउदै कारोबार फुकुवा गरिदिएको हो । 

कम्पनीले शेयर मूल्यलाई प्रभाव पार्ने जानकारी दिदा गम्भीर नभएको र सूचनाहरु समेत फरक फरक किसिमले पठाएको भन्दै नेप्सेले कम्पनीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । नेप्सेले कम्पनीका पदाधिकारीलाई किन कारबाही नगर्ने भन्दै दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण सन्तोष नहुँदा नहुदै पनि नेप्सेले संचालक कुनै कारबाही नगरी उन्मुक्ति दिएको हो    ।  



 बुधबारको संचालक समितिको निर्णय भन्दै कम्पनीले ७५ प्रतिशत हकप्रद प्रस्तावको निर्णय बिहिबार नेप्सेलाई पठाएको थियो । तर नेप्सेले बैठक बसेको समय उल्लेख नगरेको भन्दै कम्पनीको कारोबार रोक्दै बिहिबार २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।   

कम्पनीले हकप्रद प्रस्ताव गर्दा इन्साईड ट्रेडिङको आशंका गरिएको थियो  ।  पुस २६ गते कम्पनीको शेयर मूल्य   ७ सय ४० रुपैयाँ रहेकोमा १५ दिनको अवधिमा कम्पनीको मूल्य ११ सय ४ सम्म पुगेको छ  ।   यस कारण पनि हकप्रदको सूचना पहिले नै चुहिएको आशंका गरिएको थियो  । तर नेप्सेले नै कम्पनीको कारोबार फुकुवा गरिदिएपछि कम्पनी कारबाहीबाट जोगिएको हो । 

यो पनि : 

कालिका लघुवित्तलाई नेप्सेले सोध्यो दोस्रो स्पष्टीकरण, संचालकलाई कारबाहीको तयारी


कालिका लघुवित्तमा इन्साइड ट्रेडिङको आशंका, कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved