लाभांश रद्द गर्ने छिमेक लघुवित्त बिरुद्द उजुरी, लगानीकर्ता भन्छन, 'क्षतिपूर्ति कसो नपाइएला ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2019 | 10:21:39 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाबिरुद्द उजुरी परेको छ।  'धितोपत्र सम्बन्धि कसुर गरेको' भन्दै सर्वसाधारण सेयरधनीले लघुवित्त बिरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी दर्ता गरेको बिजपाटी डटकमलाई जानकारी हुन आएको छ।

लघुवित्तले पुर्वघोषित लाभांश रद्द गर्दा त्यसबाट आर्थिक क्षति हुन पुगेको र लाभांश रद्द प्रकृयाबारे पहिले नै सूचना चुहिएकाले इनसाइड ट्रेडिङ समेत भएको भन्दै एक लगानीकर्ताले बोर्डमा उजुरी दिएका हुन।

लाभांश रद्दका कारणले आफुलाई भएको क्षति सम्बन्धित अधिकारिहरुबाट असुल उपर गराइदिन र गैरजिम्मेवार काम गरेका यी अधिकारिहरुलाई कारबाहीका लागि भन्दै बोर्डमा उजुरी दिएको उनले बताए।  

‘लगानीकर्ता बाहिर मात्र कराए तर कसैले पनि आफुलाई परेको पीडाको वास्तविक सुनुवाई हुने स्थानसम्म नपुगेको हुँदा उजुरी दिएको हुँ' उजुरी दर्ता गरेपछि बिजपाटी डटकमसंग कुराकानी गर्दै ति लगानीकर्ताले भने '४० प्रतिशत लाभांशको आशमा सेयरमा लगानी गरे, अहिले ४ महिनापछि  लाभांश दिन नमिल्ने भनेर सूचना जारि गरेको छ, यसबाट भएको क्षति असुल गरि पाउँ भनि उजुरी दिएको छु, अब बाँकी काम नियामकको।'

नियामकले के गर्छ भन्दापनि गलत गर्ने कम्पनी बिरुद्द उजुरी गर्ने परिपाटीको थालनी पनि सुनुवाईको एक चरण हुने भन्दै आफुले उजुरी दिएको उनले बताए। ‘अबदेखि सबैले यस्ता कम्पनी विरुद्ध यस्तै गरि उजुरी गर्दै गएमा एक दिन त क्षतिपूर्ति कसो नपाइएला ?’ उनले भने। 

इनसाइड ट्रेडिङको आशंका 

उजुरी दिने ति लगानीकर्ताले छिमेक लघुवित्तको सेयरमा इनसाइड ट्रेडिङ भएको आशंका गरेका छन। नियामक र लघुवित्तका उच्च अधिकारिहरुबाट कम्पनीको लाभांश रद्द भएको सूचना पाएका केहि लगानीकर्ताले मङ्सिर २३ देखि पुष ८ सम्म छिमेक लघुवित्तको सेयर बिक्रि गरेर बाहिरिएको उजुरीपत्रमा उल्लेख छ। 

भएको के हो ?

छिमेक लघुवित्तले गत भदौ २८ मा गत आर्थिक बर्षको कमाईबाट ४० प्रतिशत लाभांश (१८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद) दिने घोषणा गरेको थियो। ४० प्रतिशत आकर्षक लाभांश पाउने आशामा सेयरबजारका लगानीकर्ताले छिमेक लघुवित्तको सेयरमा लगानी गरेका थिए। तर लघुवित्तले लाभांश घोषणाको ४ महिनापछि नेप्से मार्फत एक सूचना जारि गर्दै राष्ट्र बैंकका कारण ४० प्रतिशत लाभांश दिन नसक्ने भन्दै लाभांश रद्द भएको जानकारी गराएको हो। 

पछिल्लो पटक लाभांश घोषणा गरि सेयरमुल्य उचालेर सर्वसाधारणलाई महँगोमा सेयर भिडाउने र पछि लाभांश रद्द भएको सूचना जारि गर्ने परिपाटी बढेको छ। यसबाट सूचनाको पहुँचभन्दा बाहिर रहेका आम सर्वसाधारण लगानीकर्ताले ठुलो आर्थिक नोक्सानी बेहोरेका छन भने सेयरबजारप्रतिको बिश्वास समेत कम हुँदै गएको छ। 

उजुरीपत्र बिजपाटीसंग सुरक्षित छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved