उजुरी परेपछि तात्यो नेप्से, लाभांश रद्द गर्ने छिमेक लघुवित्तलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 01:20:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited लाई २४ घन्टे स्पष्टीकरण सोधेको छ  । नेप्सेले कम्पनीलाई के कारणले राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत नगरेको हो , त्यसको तथ्यगत आधार सहित २४ घन्टे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो  ।  



कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो  । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै कम्पनीले उक्त रकम संचित कोषमा राख्ने निर्णय गरेको हो  । अब कम्पनीका लगानीकर्ताले गत आथिक बर्षको कमाईबाट कुनै पनि लाभांश पाउने छैनन्  ।  

कम्पनीले राष्ट्र बैंकबाट लाभांश स्वीकृत नभएको सूचना ४ दिन अगाडी नै पठाएको भएपनि नेप्सेले बल्ल स्पष्टीकरण सोधेको हो । यस बिषयमा एक लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी गरेपछि नेप्सेले बल्ल स्पष्टीकरण सोधेको हो । 

यो पनि : 

लाभांश रद्द गर्ने छिमेक लघुवित्त बिरुद्द उजुरी, लगानीकर्ता भन्छन, 'क्षतिपूर्ति कसो नपाइएला ?'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved