छिमेक लघुवित्तको 'सेयरधनि' मास्ने चाला : कम्पनी देउसी भट्टयाउने, नियामक देउसीरे भन्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 12:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीका संचालक र माथिल्लो तहमा आसिन अधिकारीले मूल्य संवेदनशील सूचना चुहाएर अवान्छित लाभ लिएर सर्वसाधारणलाइ मर्कामा पार्ने घटनाक्रम निरन्तर बढिरहेको छ| चालु आर्थिक वर्ष २०७५/७६ को शुरुवात देखिनै यस्ता घटना दोहोरिरहेका छन् | गत साउन २५ गते घोषणा गरेको ३६ प्रतिशत लाभांश (बोनस) गत कार्तिक १८ गते संशोधन गर्दै १२ प्रतिशत (बोनस) मा झारेर लाइफ इन्सुरेन्स कर्पोरेसनले शुरु गरेको पदमार्गमा अन्य सूचीकृत कम्पनीले पछ्याएका छन। 

कम्पनी र नियमकको देउसी

नियामकले प्रस्तावित लाभांश स्वीकृत नगरेको भन्दै पूर्व घोषित लाभांश संशोधन गरेर लगानीकर्ताप्रति गम्भीर छलछाम गरि कम्पनीका संचालक पन्छिएका छन् | यसमा बजार नियमक (नेप्से र धितोपत्र वोर्ड) समेत ‘हो’ मा ‘हो’ मिलाइरहेका छन | कम्पनी र नियमकको यस्तो गतिविधि देख्दा नियमक र कम्पनी लगानीकर्ताको आँगनमा ‘भन-भन भाई हो – देउसी रे’ भन्दै देउसी खेले झैँ देखिन्छ | नियमक र कम्पनीको यस्तो ‘देउसी’ कतिन्जेल र कहिलेसम्म चल्ने हो यसमा लगानीकर्ताको सचेतनाको स्तरले निर्धारण गर्छ | लगानीकर्ताको चेतनास्तर हेर्दा हिन्दी फिल्म ‘क्रान्तिवीर’ मा नाना पाटेकरले भने झैँ लगानीकर्ता आफै जाग्नुपर्ने आवश्यकता देखिन्छ | तर लगानीकर्तामा त्यति छिटै चेतनास्तर विकास भैहाल्ला जस्तो भने देखिन्न | यसो हुँदा यस्तो ‘देउसी’ लामै समयसम्म चल्ने सम्भावनालाई नकार्न सकिन्न |

असत्यम बनेको सत्यम

छिमेकको सन्दर्भमा अवान्छित लाभ राम्रोसँग लिएपछि लाभांश रद्द भएको सूचना सार्वजनिक भएको सहज अनुमान गर्न सकिन्छ | लाभांश घोषणा र रद्द भएपछिको कारोबारको सिलसिला हेर्दा त्यस्तो संकेत मिल्छ | गत भदौ २८ गते लाभांश घोषणा गरेपछि लगानीकर्ताले निकै उत्साहका साथ शेयर किनेको देखिन्छ | पहिलेदेखि नै राम्रै लाभ दिइरहेको कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभको अंशलाई नदिएको भन्न सकिने अवस्था थिएन | ‘घ’ वर्गको लघुवित्त भए पनि १ अर्ब चुक्ता पूँजी भएको कम्पनी हुँदा कुनै बैंक भन्दा कम थिएन | हरेक वर्ष आकर्षक लाभ वितरण गर्ने कम्पनीलाई त्यति अविश्वास गरिहाल्न पर्ने हुन्न | हुनत संसारमा उत्कृष्ट भनिएका कम्पनी टाट पल्टेको उदाहरण नभएको भने हैन | यस्ता उदाहरण खोज्न धेरै टाढा जानैपर्दैन | छिमेक बिग्रन नसक्ला भन्नै पर्दैन भन्ने तथ्य छिमेक (भारत) मै रहेको सूचना-प्रविधि सम्बन्धि कम्पनी सत्यम कम्प्युटर अहिले अस्तित्वविहिन भएको थियो | अहिले यस कम्पनीका हर्ताकर्ता रामालिंग राजु उनका छोरा तेजा राजु, पत्नी नन्दी राजु र भाई रामा राजु जेलमा रहेकोबाट सजिलै थाहा पाउन सकिन्छ | न्यूयोर्क स्टक एक्सचेन्जमा समेत सूचीकरण भएको कम्पनी थाहै नपाई सिद्धिएको कसैले पत्तो पाएन | ४० हजार जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको कम्पनी एकाएक ध्वस्त हुनु व्यवसायिक सुरक्षा वा कर नीतिका कारण थिएन | कम्पनी धराशायी हुनुमा पारिवारिक वर्चस्व एउटा मुख्य कारण थियो | परिवारको वर्चस्वको फाइदा उठाउँदै राजुले हुँदै नभएका १३ हजार फर्जी कर्मचारी देखाएर मासिक दुई करोड भारु लिने गर्थे | २००९ मा राजुले १ अर्व ४७ करोड डलर बराबरको घोटाला गरेका थिए | २००९ बाट शुरु भएको सत्यम काण्ड २०१५ अप्रिलमा हैदरावाद अदालतले राजु सहित १० जनालाई जनही ५५ लाख जरिवाना र ७ वर्षको जेल सजाय सुनाएपछि समाप्त भयो | भारत भन्दा अलि टाढा पाताल देशतिर जाने हो भने अमेरिकाको उर्जा कम्पनी एनरोन पनि टाट पल्टेको थियो | चर्चित अरुण तेस्रो जलविद्युत आयोजना बनाउन आएको एनरोन यहि हो |

सूचना चुहावटको आशंका

कम्पनी बनाउन जति समय लाग्छ त्यसलाई नष्ट पार्ने एक वर्ष पनि नलाग्न सक्छ | हुनत छिमेक त्यस्तो नहोला तर ६६ करोड खुद मुनाफा कमाएको वित्तीय विवरण पेश गरेर चुक्ता पूँजी १ अर्बको ४० प्रतिशत लाभांश प्रस्ताव गर्दा कम्पनीको आर्थिक अवस्था सम्भावित जोखिम आदि जस्ता विषयमा संचालक जानकार थिएनन होला भन्न सकिने अवस्था हुन्न | त्यस्तै नियमनमा रहनु पर्ने र नियमकीय निर्देशन/समायोजन आदि विषयमा पनि केहि थाहा थिएन होला भन्न पनि सकिन्न | नेपाल राष्ट्र बैंकको नियमनमा रहेको कुनै पनि कम्पनीले नियमकको पूर्व सहमति नलिईकन प्रायशः लाभांश घोषणा पनि नगरिने अभ्यास रहेको हुन्छ | छिमेक २/४ करोडको कम्पनी पनि हैन | जे जस्ता गतिविधि छिमेकले देखाएको छ त्यसलाई हेर्दा र लाभांश रद्द भएको केहि दिनको कारोबार हेर्दा यस्तो सूचना पहिले नै चुहाइएको देख्न सकिने आधार प्रशस्त छ |

भित्रि कारोबारको चरमरुप

लाभांश रद्द भएको वा हुनेसक्ने पूर्व जानकारी भएपछि त्यसको भरपुर फाइदा लिएको उदाहरण यस कम्पनीका केहि कारोबारले प्रष्ट पार्छ | केहि कारोबारको झलक हेर्दा पनि यसको सहज अनुमान लगाउन सकिन्छ |



क्रेता-बिक्रेता को होलान् ?

कारोबारको यो अंकलाई छानविन गरेमा कसले बेचेको थियो भन्ने प्रष्ट हुने नै छ र लाभांश रद्द भएको घोषणा गरेको दिन ५ प्रतिशत भन्दा बढी घटेर भएको कारोबारको क्रेता को को थियो यो दुइ थरि कारोबार हेरेमा दूधको दुध पानीको पानी छुट्टिने नै हुन्छ तर यसको लागि नियमक नेपाल धितोपत्र वोर्डले स्वतन्त्र सदस्यसहितको छानविन टोली गठन गर्ने आँट र हिम्मत राख्न सक्नुपर्छ | त्यस्तै पूँजीबजार सुधारको माग राखेर नेपाल स्टक एक्सचेन्जको ढोकामा धर्ना दिनेले पनि सुधार भनेको यस्तै कुरा हुन भनेर अर्को धर्ना धितोपत्र वोर्डको ढोकामा दिने आँट गर्लान प्रश्न तिनीहरुपट्टि नै तेर्सिन्छ |

राम्रो बिग्रन बेर लाग्दैन

नेपाल स्टक एक्सचेन्जले सत्य र तथ्य सहितको व्यहोरा सार्वजनिक गर्न २४ घन्टे स्पष्टीकरण सोधेको सन्दर्भमा कारोबार रोकिहाल्नु पर्ने आवश्यकता देखिन्न तैपनि यस्ता अवान्छित गतिविधि हुँदा भने सम्भावितरुपमा कम्पनी दायित्व व्यहोर्नै नसक्ने गरि दामासाहीमा पर्न लागेको हुनसक्ने हुँदा केहि दिन कारोबार रोक्का राख्नुपर्ने पनि हुनसक्छ | कहिलेकाहीँ राम्रो छ ठिकै छ भन्दा भन्दै पनि राम्रो बिग्रन बेर लाग्दैन | उदाहरण माथी सत्यमको पेश गरिएको छ |

प्रस्ताव गरिएको ४० प्रतिशतको ठाउँमा १० प्रतिशतसम्म तलमाथि हुनसक्ने आकस्मिक परिस्थिति हुनसक्छ तर प्रस्तावित गरिएको सम्पूर्ण लाभांश रकम नै रद्द हुन सानोतिनो कारण मात्र कारक बन्न सक्दैन | गत आर्थिक वर्ष २०७३/७४ सम्म करिब १० करोड संचित मुनाफामा रहेको कम्पनीले एकाएक यसरी किन प्रस्तावित लाभांश रद्द गर्नुपर्ने परिस्थिति उत्पन्न भयो यसलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज र धितोपत्र वोर्डले छनविन गरि यथार्थ प्रतिवेदन सार्वजनिक गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ |



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved