शिव श्री हाइड्रोको आईपिओ बिक्रि खुला, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 08:34:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले आज पुस २७ गतेदेखि आईपिओ निष्काशन खुला गरेको छ  । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्   ।

स्थानीयले न्युनतम ५० कित्ता र अधितम ७ हजार ३ सय ८० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्   । ,माघ ११ गते आवेदन दिन सकिने शेयर निष्काशक तथा बिक्रि प्रबन्धक  सिद्धार्थ क्यापिटलले जनाएको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् । 


आयोजना प्रभावितलाई शेयर जारी गरेपछि कम्पनीले सर्वसाधारण र कर्मचारीलाई २० लाख २३ हजार ६०० कित्ता शेयर  निष्काशन गर्नेछ ।  कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आइपिओले इक्रा नेपालबाट ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved