नेपाल बंगलादेश बैंकको सहायक कम्पनीले पायो मर्चेन्ट बैंकरको लाईसेन्स, माघ भित्रै कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 11:33:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको लाईसेन्स पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार क्यापिटललाई कारोबार गर्नका लागि अनुमति दिएको हो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले  कम्पनीका अध्यक्ष सुरेन्द्रभूषण श्रेष्ठलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीको चुक्ता पूँजि २० करोड रुपैयाँको हुने छ। कम्पनीले माघ भित्रै कारोबार सुरु गर्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved