अपर हेवाखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 04:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ। कम्पनी एनएमबि क्यापिटल लिमिटेड NMB Capital Ltd  लाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। 

एनएमबि क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र क्यापिटलका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन। 

कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणलाई २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो। ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी  १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ। आगामी मंसिर सम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाइ शेयर जारी गरी फागुन मसान्त भित्रमा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved