अपर तामाकोशीको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 10:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा माथिल्लो तामाकोशीको शेयर कारोबार सुरु भएको छ । कम्पनीको UPPER सिम्बलमा कारोबार सुरु भएको हो ।  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले ७४.८९ देखि २२४.६७ सम्मको रेन्ज तोकिदिएको छ ।  नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्म सुरुवाती मूल्य तोक्ने गरेको छ ।   

नेप्सेमा कम्पनीको १० करोड ५९ लाख कित्ता शेय बिहिबार सूचिकृत भएको थियो  ।  कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।  

यी शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । 

 कम्पनीको आरटिएस सम्बन्धि सेवा सनराइज क्यापिटलबाट हुनेछ  । कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर कारोबारमा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved