तामाकोशीको शेयरले नेप्सेको सिस्टम नै गढ़बढ, लगानीकर्ता अन्योलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 11:50:32 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशीको शेयरले नेपाल स्टक एक्चेन्ज नेप्सेको सिस्टम नै गढ़बढ भएको छ । कारोबार सुरु भएको दोस्रो दिनमा सिस्टममा गढबढी देखिएको हो। 

  आइतबारबाट UPPER सिम्बलमा कारोबार सुरु भएको हो ।  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले ७४.८९ देखि २२४.६७ सम्मको रेन्ज तोकिदिएको थियो ।  पहिलो दिनको अन्तिम कारोबार मूल्य २२४ कायम भएको थियो।  तर दोस्रो दिन यो समाचार तयार पार्दा मार्केट डेप्थमा कम्पनीको मूल्य ३३६ पुगेको देखिएको छ ।  साथै कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा ५० प्रतिशतले बढेको मार्केट डेप्थमा देख्न सकिन्छ ।  जबकि कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा बढीले तल माथि हुन सक्दैन ।   यो समाचार तयार पार्दासम्म कम्पनीको २५९ कारोबार भएको देखिएको छ ।  ति मध्ये अधिकांश ३३६ रुपियाँमा भएको देख्न सकिन्छ ।   

त्यस्तै मार्केट डेप्थमा खरिदकर्ता मात्र देखिएका छन्  । मूल्यबारे यथार्थ जानकारी नपाउंदा लगानीकर्ता भने अन्योलमा परेका छन्  ।  





नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले सिस्टममा समस्या आएको स्वीकार गरेका छन्  ।  के कारणले यस्तो समस्या आएको भन्नेबारे आईटी टिमले काम गरिरहेको उनले बताए  ।  साथै तत्कालको 'सेल अर्डर डीसएबल' गरिएको उनले बताए  ।  अर्थात् अहिलेलाई लगानीकर्ताले बिक्रि आदेश गर्न पाउने छैनन्  ।  उनले समस्या समाधानको लागि काम भईरहेको र छिट्टै समाधान हुने दाबी गरे  ।   

नेप्सेमा कम्पनीको १० करोड ५९ लाख कित्ता शेयर बिहिबार सूचिकृत भएको थियो  ।  कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।   दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । 

 कम्पनीको आरटिएस सम्बन्धि सेवा सनराइज क्यापिटलबाट हुनेछ  । कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर कारोबारमा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved