टेलिकमको लाभांश पारित, माघ १ देखि 'नगद' वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 09:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा सबैभन्दा बढी पुँजीकरण भएको कम्पनी नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को लाभांश पारित भएको छ। टेलिकमको पुष ३० मा सम्पन्न एघारौँ बार्षिक साधारणसभाले संचालक समितिको ५५ प्रतिशत नगद लाभांश प्रस्ताब पारित गरेको हो। 

टेलिकमले आर्थिक बर्ष २०७४-७५ को कमाईबाट आफ्ना सेयरधनीहरुलाई प्रति सेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले बताइन।

तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा ब्यापक कटौतीका बावजुद गत आर्थिक बर्षको सञ्चालन आय ३९.०२ अर्व कायम गरी कुल आयमा १.५२ प्रतिशतल वृद्धि गर्न सफल भएको टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ बताए। त्यस्तै उनले समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी १७.४८ अर्ब पुर्याउन टेलिकम सफल भएको बताए। 

मुनाफामा मात्र नभई सेवा तथा सुविधा बिस्तारमा समेत टेलिकमले उल्लेख्य प्रगति गरेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार टेलिकमले २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत कायम गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved