तामाकोशीको सेयरमा व्यापक चलखेल, लाभांसको बिषयमा 'उपसमिति गठन' हल्ला मात्रै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2019 | 11:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राजनीतिक वृत्तमा गोबिन्द केसीको अनसन जस्तै सेयरको दोस्रो बजारमा यतिखेर अपरतामाकोशीको चर्चा ब्यापक छ। चर्चा नहोस पनि कसरि! दोस्रो बजारमा सुचिकृत भएपछिको पाँच कारोबारमा कम्पनीको सेयर दिनको १० प्रतिशतका दरले बढिरहेको छ। 

तामाकोशीको सुरुवाती कारोबारमा तामाकोशीको सेयरको मुल्य ७४.८९ रुपैयाँदेखि २२४.६७ सम्मको तोकिएको थियो। तर नेप्सेको प्राबिधिक गढबढीले हो या नियतबस नै हो यसको अधिकतम कारोबार मुल्य ३३६ रुपैयाँ पुगेको थियो। जसले गर्दा सेयरलगानीकर्तामा तामाकोशीको सेयरमुल्य सहजै ३३६ पुग्ने बुझाई हुन पुग्यो र खरिदचाप पनि बढ्यो। 

अर्को तर्फ दिनको १० प्रतिशतका दरले मुल्य बढिरहेको अवस्थामा पांच कारोबारमा नै तामाकोशीको सेयरको मुल्य बढेर ३११ रुपैयाँ पुगेको छ। कुनैपनि कम्पनीको सेयरको मुल्य बढ्दा त्यस कम्पनीका सेयरहोल्डरलाई खुसि नहुने त कुरै भएन। तर बिगतमा नेपाल ग्रामिण बिकास बैक, नेपाल बैंक लगायतका सेयरमुल्यमा खेलीएझैँ यसपटक पनि तामाकोशीको सेयरमा खेल सुरु भईसकेको स्पष्ट छ। 

दिनको १० प्रतिशतको दरले सेयरमुल्य बढीरहंदा बजारमा तामाकोशीको बारेमा अनेक चर्चा हुनथालेका छन। त्यसमा पनि सेयरबजारमा सर्वसाधारण लगानीकर्तालाई 'मुर्गा' बनाएर रातारात कमाउ धन्दामा लाग्ने 'गिरोह' को नजर तामाकोशीको सेयरमा परेको छ। जसको एउटा उदाहरण हो, बजारमा 'लाभांसकै विषयलाई लिएर तामाकोशीले एउटा उपसमिति बनाएको' बिषय ब्यापक फैलिएको छ। 


'आयोजना संचालनमै आएको छैन, नाफा नोक्सानबारे केहि भन्न सकिने अवस्था नै छैन, यस्तो अवस्थामा लाभांशबारे निर्णय गर्ने कुरै हुदैन, लाभांशको बिषयलाई लिएर न समिति बनेको छ, न कुनै उपसमिति' ---

-बिज्ञान प्रसाद श्रेष्ठ,आयोजना प्रमुख,अपर तामाकोशी 




तर अपर तामाकोशी हाइड्रोका आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले लाभांशको बिषयलाई लिएर उपसमिति बनाएको बिषय हल्ला मात्रै भएको बिजपाटीलाई बताएका छन। 'आयोजना संचालनमै आएको छैन, नाफा नोक्सानबारे केहि भन्न सकिने अवस्था नै छैन' उनले भने, 'यस्तो अवस्थामा लाभांशबारे निर्णय गर्ने कुरै हुदैन, लाभांशको बिषयलाई लिएर न समिति बनेको छ, न कुनै उपसमिति बनेको छ।' 

श्रेष्ठले बजारमा लाभांशको बिषयलाई लिएर उपसमिति बनाएको भन्ने 'हल्ला' लाई आधार मानेर लगानी नगर्न समेत लगानीकर्ता माझ अनुरोध गरेका छन। 'लाभांशको बिषयलाई लिएर उपसमिति बनाएको भन्ने चर्चा हल्ला मात्रै हो, यो हल्लामा बिश्वास गर्नेप्रति हामी जिम्मेवार छैनौं' उनले भने। 

तामाकोशीले सर्वसाधारणलाई निष्काशन गरेको १० करोड ५९ लाख कित्ता सुचिकृत भएको हो। सर्वसाधारणले तामाकोशीको ४० र ५० कित्ता सेयर पाएका हुन। अहिले उनीहरुको सेयरमा म्यानुपुलेट गराई तामाकोशीको सेयरको मुल्य बढाउने र पछि कर्मचारी संचय कोष, संचयकर्ता लगायतका संस्थाहरुसंग भएको ठुलो मात्राको सेयर महँगोमा सर्वसाधारणलाई भिडाउने खेलले अहिले अनावश्यक झुटो चर्चा बजारमा चलाइएको विश्लेषण गरिएको छ। 

कम्पनीको कुनै आधिकारिक भनाई बिना नै 'लाभांशको बिषयलाई लिएर उपसमिति' बनाएको भन्ने झ्याली पिटिनुले तामाकोशीको सेयरमा ठुलो चलखेल थालिएको बताइएको छ। अहिले हल्ला छुटेर तामाकोशीको सेयर महँगो बनाउने पछि सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीको हातमा रहेको सेयर महँगोमा फाल्ने केहि 'मान्डु' हरुको जाल बुनेको भन्दै त्यसमा नफस्न आमलगानीकर्तालाई सेयरबजारका जानकारहरुको सुझाब छ।  कम्पनीको नेटवर्थ नै नेगेटिभ रहेको अवस्थामा उसले के आधारमा लाभांस बाड्न उपसमिति बनाउछ भन्ने नै मूल प्रश्न हो। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved