सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्ज हुने, कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 10:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited  र काबेली विकास बैंक Kabeli Bikas Bank Limited  को शेयर कारोबार रोक्का भएको छ  । दुवै कम्पनीले एक आपसमा मर्ज हुने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो  

शुक्रबार यी दुई कम्पनीबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो  । सम्झौता अनुसार २०७६ साउन १ गतेबाट दुवै कम्पनीले संयुक्त कारोबार गर्ने छन् । सम्झौतामा सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपाल प्रसाद काफ्लेले  हस्ताक्षर गरेका हुन् ।



मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन भएको छ । समितिका अन्य सदस्यमा सप्तकोशी बैंकबाट यज्ञप्रसाद शर्मा र डा अर्जुन बराल तथा काबेली बैंक जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहेका छन् ।

मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक नै हुनेछ। बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ। मर्जपछि बन्ने बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । मर्जपछि २८ शाखा सहित यो नै प्रदेश १ को सबै भन्दा ठुलो बैंक बन्ने छ । 

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी तोकेको छ  ।  उक्त पुनी पुर्याउन बैंकले मर्जपछि हकप्रद र बोनस शेयर वितरण गर्ने बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved