सेयरको अनलाइन कारोबारमा गम्भीर समस्या

सेयरको अनलाइन कारोबारमा गम्भीर समस्या
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 12:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबार गम्भीर समस्या देखिएको छ । आइतबार नेप्सेमा ब्रोकरले लगईन गर्न नमिल्ने, लग इन गरेपनि अर्डर हाल्न नमिल्ने समस्या देखिएको हो । समस्या देखिएपछि नेप्सेले कारोबार नै रोकेर समस्या समाधान गरेको छ । नेप्सेले १२ बजेर १४ मिनेटदेखि १२ बजेर ३९ मिनेटसम्म सम्पूर्ण कारोबार नै रोकेर समस्या समधान गरेको हो । 

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले ५-७ जना ब्रोकरहरुले समस्या देखिएको बताएपछि कारोबार रोकेर समस्या समाधान गरिएको बताए । तामाकोशीको शेयरमा अत्याधिक खरिद चाप बढेपछि सिस्टममा पटक पटक समस्या आएको ब्रोकरहरुले बताएका छन् । तर प्रबक्ता पराजुलीले तामाकोशीको कारण नभई अन्य प्राविधिक कारणले समस्या देखिएको दाबी गरे ।  

२५ मिनेट कारोबार रोकिएपछि कारोबार समय थप गर्ने वा नगर्ने बारे छलफल भईरहेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved