सामुदायिक लघुवित्तको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 10:45:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामुदायिक लघुवित्तको कारोबार सुरु भएको छ । कम्पनीको SLBSL सिम्बलमा कारोबार खुला भएको छ। नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि १६८.३७ देखि ५०५.११ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

आइतबार कम्पनीको १० लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले  मंसिर २ देखि ५ गतेसम्म   सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपिओ मङ्सिर १० गते बाँडफांड भएको थियो ।   कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका थिए ।  


यो पनि : 


'सामुदायिक लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश र ७५ प्रतिशत हकप्रद'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved