नेप्सेमा दोहोरो अंकको गिरावट, १० प्रतिशतले घट्यो तामाकोशीको शेयर मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 05:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन् । 

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ । 

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् । तामाकोशीको शेयर मूल्य ९.९३ प्रतिशतले घटेर २६३ रुपियाँमा अन्तिम कारोबार भएको छ । 

आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएकोमा ५०५ मै पहिलो कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved