एनआईसी एशियाको ऋणपत्र बिकी खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 10:36:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले आज माघ १३ गतेदेखि ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ ।  बैंकले एक हजार रुपैयाँ अंकित दरमा  ४ अर्ब रुपैयाको बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्रि खुला गरेको हो।   ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरकाे १६ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । बाँकि ६० प्रतिशत व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ  ।  

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ८०००० कित्ता समेत समावेश रहेको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा माघ १६ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २० लाख कित्ताको लागि आवेदन दिन सकिने ऋणपत्रको बिक्रि प्रबन्धक नेपाल एसबिई मर्चेन्ट बैंकिंग लिमिटेडले जनाएको छ  ।    

'१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६' नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ । एनआईसी एशियाले यसअघि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved