छिमेक लघुवित्त पुन: राष्ट्र बैंकमा, ४० प्रतिशत नै लाभांश सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 01:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

यस अगाडी प्रस्तावित लाभांश वितरणको अनुमति माग्दै छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले पुन: राष्ट्र बैंकमा निवेदन दिएको छ। लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुन राष्ट्र बैंकमा पेश गरेको हो। 

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको थियो। छिमेक समाज संस्था अन्तर्गत गरिएका लगानीहरु छिमेक लघुवित्त मै फिर्ता नल्याएसम्म राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो  । राष्ट्र बैंकले भने अनुसार छिमेक समाज संस्थाको नाममा रहेको सबै प्रकारको सम्पत्ति तथा लगानी लघुवित्तको मातहतमा ल्याएर लघुवित्तले पुन राष्ट्र बैंकमा प्रस्ताव पेश गरेको हो।

लघुवित्तका सीईओ रामचन्द्र जोशीले राष्ट्र बैंकले देखाएका सबै कैफियत समाधान गरेर पहिले प्रस्ताव गरे अनुसार कै लाभांश बितरणको लागि स्वीकृति माग गरिएको बताए । बिजपाटीसंग उनले भने ' सबै समाधान गरेर पुन राष्ट्र बैंकमा प्रस्ताव गरेका छौ, अब लाभांशमा कुनै फेरबदल हुदैन, लगानीकर्ताले ४० प्रतिशत नै लाभांश पाउनेछन्' ।

 हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब रहेको छ । राष्ट्र बैंकले स्वीकृति दिएर प्रस्तवित लाभांश वितरण भए कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved