प्यानको बिषयले लगानीकर्ता 'प्यानिक', दोहोरो अंकले घट्यो सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 04:35:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक १०.६८ अंकले घटेर ११६२.०९ को बिन्दुमा पुगेर रोकिएको छ ।  आज कारोबारमा आएका १६४ कम्पनीका ११ लाख ८५ हजार ८ सय ७२ कित्ता शेयर खरिद बिक्रि बाट ३४ करोड ३ लाख ७१ हजार १ सय २७ रुपियाँको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै अपर तामाकोशीको ३ करोड २४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, जनता बैंक संस्थापक शेयर, नागरिक लगानी कोष लगायत रहेका छन् । आज कारोबारमा आएका समुहगत सूचक घटेका छन् । 

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् । 

कारोबारमा आएका कुल  १६४ कम्पनी मध्ये केवल २२ कम्पनीको शेयर मूल्य मात्र बढेको छ  ।  

नियामक निकायहरुले दोस्रो बजारमा प्यान नम्बर अनिवार्य गर्ने बिषयमा छलफल सुरु गरेपछि लगानीकर्ता त्यसले त्रसित हुँदा बजार घटेको आंकलन गरिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved