लगानीकर्ताबाट नियम बिपरित पैसा लिएपछि सेयरदलाललाई नेप्सेको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 06:57:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर दलालले लगानीकर्ताबाट सेयर बिक्रि आदेशमा समेत अग्रिम रकम लिएको पाइएपछि नेपाल स्टक एक्सचेन्जले कानुन बिपरित कार्य नगर्न निर्देशन दिएको छ। सेयर ब्रोकरहरुले बिक्रि आदेशमा समेत ग्राहकबाट अनुमानित रकमको २५ प्रतिशत अग्रिम रकम मागेको पाइएकाले यस्तो निर्देशन दिइएको नेप्सेले जनाएको छ। 

धितोपत्र कारोबार संचालन बिनियामावलि २०७५ लागू भैसकेपछि पनि सेयर ब्रोकरले बिक्रि आदेशमा समेत लगानीकर्ताबाट अग्रिम रकम लिनु कानुन बिपरित भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई बताए।

बिनियामावलिको विनियम ८ (१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यन्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनु पर्नेछ। 

केहि ब्रोकरले खरिद आदेश मात्र नभई बिक्रि आदेशमा समेत २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिएको पाइएकाले यो निर्देशन दिनुपरेको प्रवक्ता पराजुलीले बताए। 

सेयरबजारमा अनलाइन कारोबार प्रणाली लागू भएपश्चात केहि सेयर ब्रोकरले नियम बिपरित लगानीकर्ताबाट २५ प्रतिशत रकम अग्रिम रुपमा लिंदै आएका छन। बिजपाटी डटकमका सम्बाददाताले बिभिन्न ब्रोकरमा पुगेर स्थलगत निरीक्षण गर्दा समेत यो कुरा भेटिएको छ।



  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved