हकप्रद निष्काशनको लागि नेपाल इन्स्योरन्सले बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 12:40:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनार्थ नेपाल इन्स्योरन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले माघ १३ गते ६५ प्रतिशत हकप्रद निष्काशन अनुमति दिएको हो । 

अब कम्पनीले हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब नाघ्ने छ ।

हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved