मेरो माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 09:29:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स  Mero Microfinance Bittiya Sanstha Limited  को हकप्रद सुरक्षित गर्ने अज माघ २३ गते अन्तिम दिन रहेको छ ।   हकप्रद निष्काशनको लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउन सक्ने छन । 

कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  अब कम्पनीले ३२ करोड ८९ लाख बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा  हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved