युनाइटेड इन्स्योरेन्सले हकप्रद जारि गर्ने भएको छ । बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले २ सय ४० प्रतिशत हकप्रद जारि गर्ने भएको हो । कम्पनीको माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ता को दरले २४०प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले बिशेष साधारणसभा पनि डाक्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएकोले बिशेष साधारणसभा मार्फत हकप्रद प्रस्ताव पारित गरिने कम्पनीले जनाएको हो ।
हाल कम्पनीको पुंजी ३० करोड २४ लाख रुपैयाँ रहेकोमा प्रस्तावित २४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।