उन्नति माइक्रोफाइनान्सले फागुन १३ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 08:59:21 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स Unnati Microfinance Bittiya Sanstha Limited ले फागुन १३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  कम्पनीले ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो  ।

 कम्पनीले यस अघि २५ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेकोमा चैत्र २१ गते बसेको साधारणसभाले हकप्रद प्रस्ताव परिमार्जन गरी  ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित  गरेको हो। अब कम्पनीले १ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हकप्रद निष्काशनका लगनी कम्पनीले माघ १६ गते बुक क्लोज गरेकोले माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छ ।  लगानीकर्ताले चैत्र १७ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

धितोपत्र बोर्डले पुस २० गते कम्पनीलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।   हकप्रद शेयर निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उन्नति माइक्रोफाइनान्सका सम्पूर्ण शाखाहरु, सिदार्थ क्यापिटल र सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ ।  मेरोशेयर मार्फत अनलाइन बाट सिधै पनि हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved