युनिभर्सल पावरको आईपिओ बिक्रि खुला, कति दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 08:28:05 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले आज माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ।  स्थानीयलाई शेयर निष्काशन गरेर बाडफांड गरी सकेपछि कम्पनी कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयको लागि २१ लाख ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये बिक्रि नभएको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ ।  आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।    कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल रहेको देखाउछ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।





'ट्रयाक राम्रो छ, ढुक्क भएर आईपिओ भर्दा हुन्छ ' युनिभर्सल पावरका एमडि भण्डारीको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved