राष्ट्र बैंकबाट नबिलको लाभांश पारित, साधारणसभा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 12:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताब गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले राष्ट्र बैंकले नबिल बैंकको संचालक समितिले प्रस्ताब गरेकै लाभांश प्रस्ताब पारित गरेको बिजपाटीलाई जानकारी दिए। अन्य बाणिज्य बैंकले गत साधारणसभा गरि लाभांश वितरण समेत गरिसकेको अवस्थामा नबिलले एजीएम नडाक्दा उसको लाभांश प्रस्ताब परिमार्जन भएको बजारमा चर्चा चलेको थियो।  

राष्ट्र बैंकले तेस्रो नम्बरमै नबिलको वित्तीय विवरण स्वीकृत गरेपनि संस्थापक सेयरसंग जोडिएका केहि प्राबिधिक बिषयले लाभांश प्रस्ताब पारित हुन ढिलाई भएको सीईओ शाहले बताए। संस्थापक सेयरसंग जोडिएका केहि प्राबिधिक टुंगिए लगत्तै साधारणसभा डाक्ने उनले बताए।  

सर्वसाधारण, बिशेष संस्थापक (एनआईडिसीबाट बेचिएको) र सामान्य संस्थापक सेयर गरी नबिल बैंकमा तीन प्रकारमा सेयर रहेको छ।। संस्थापक नै नबिलपीका रूपमा कारेवार भइरहेको र अर्केसमेत गरि दुइ प्रकारको संस्थापक रहेको अवस्थामा राष्ट्र बैंकबाट एक प्रकारको मात्र संस्थापक सेयर  राख्नुपर्ने व्यवस्था गरेको छ।  

उक्त लाभांश प्रस्ताब अब बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

१२ प्रतिशत बोनस सेयर समायोजन पश्चात नबिल बैंकको चुक्ता पुंजी ९ अर्ब ८ करोड पुग्नेछ। नबिल बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब १७ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको वितरणयोग्य मुनाफा २ अर्ब ४ करोड छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved