आशा लघुवित्तको आइपीओ बाँडफांड, २ लाख ४७ हजार हात खाली, रिजल्ट बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 03:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 आशा लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार शेयर बाँडफांड गरेको हो ।  कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म शेयर निष्काशन गरेको थियो  । कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको गरेको हो  ।  कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको थियो  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

आईपिओमा कुल  ३ लाख १० हजार  ४ सय ५९ जनाले आवेदन दिएका थिए । जस मध्ये गोलाप्रथाबाट  ६२ हजार ९ सय ९३ आवेदकले समान १० कित्ता शेयर पाएका छन । कुल आवेदक मध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। यस हिसाबमा आईपिओमा कुल २ लाख ४७ हजार ४ सय ४६ आवेदक हात खाली भएका छन् । 



आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुनेछ । नतिजा प्रकाशित भएपछि हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा आशा लघुवित्त छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे वा नपरेको हेर्न सकिन्छ । शेयर परेको भए तपैले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  

 हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved