पारीत नै नभएको हकप्रदको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 11:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited को गलत तरिकाले मूल्य समायोजन गरेको छ। माइक्रोफाइनान्सले १०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न फागुन ६ गते बिशेष साधारणसभा डाकेको छ । त्यसको लागि कम्पनीले माघ २८ अर्थात् आज साधारणसभामा भाग लिनको लागि बुक क्लोज तोकेको छ । 

तर नेप्सेले आज कम्पनीको शेयर मूल्य नै समायोजन गरिदिएको छ । नेप्सेले आज कम्पनीको शतप्रतिशतमा मूल्य समायोजन गरिएको भन्दै सूचना प्रकाशित गरेको छ । नेप्सेको सूचनामा कम्पनीको शेयर मूल्य समायोजनपछि ६ सय १० कायम गरिएको र कम्पनीको औसत आधार मूल्य ९८९.४४ रहेको उल्लेख छ ।   


हाल कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  



यस अघि यस्तै घटना ग्रामिण लघुवित्तको हकमा पनि भएको थियो । 


कम्पनीको माक्रेट डेप्थमा शेयर खरिद गर्नको लागि अर्डर पनि आएको देख्न सकिन्छ ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved